‘हर्के हल्दार’ लिएर पुन: फर्किए किशोर भण्डारी

Spread the love

काठमाडौं, कात्तिक १३ (ई-रैवार)

निर्माता, निर्देशक तथा कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ हास्य टेलिश्रृंखला ‘हर्के हल्दार’ लिएर पुन: फर्किएका छन् ।

११ बर्ष पहिले निर्माण टिमसँग साधारण मनमुटाभ भएर कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने टेलिश्रृंखला ‘हर्के हल्दार’मा लिएर पुन: फर्केका हुन् । उनीसँगै उनका जोडी ‘रेश्मा तिमल्सिना’ बुनुमैचा पनि फर्केकी छिन्।

७७ भागसम्म हर्के हल्दारमा रहेर बाहिरिएका डिट्ठा/बुनुमैचा ५२१ भागमा पुन: समेटिएका छन। ‘हर्के हल्दार टिममा पहिलाको जस्तो चलखेल नहुने निर्देशक भण्डारीले बनाए ।

यस्तै उक्त सिरियलका मुख्‍य पात्र बिष्णु सापकोटा हर्केले अबको प्रस्तुती झन रमाइलो हुने बताए।

यस्तै रोशनी सपकोटा ‘बाटुली’, सुरेन्द्र केसी ‘मुला साग’, बिनोद परियार, शुसिला निरौला ‘बिमली’, शिबहरी बैरागी, ईन्द्र दोङ ‘खम्बे’, शान्ती बस्नेत, सरु दाहाल, बिन्दा दुलाल, राजेन्द्र गिरी, सागर गिरि लगायत फर्किएका छन् ।

हर्के हल्दार कान्तिपुर टेलिभिजनामा हरेक आइतबार राति ९:०० बजे प्रसारण हुँदै आएको छ।