काठमाडौं, कात्तिक १३ (ई-रैवार)
नेपाली महिला पुरुष भलिबल टोलीले बंगलादेशमा हुने एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल प्रतियोगितामा सहभागि हुने भएको छ ।
नेपाल भलिबल संघले शुक्रबार राति बंगलादेशको ढाकामा डिसेम्बर २१ देखी २९ सम्म हुने प्रतियोगितामा नेपालका महिला र पुरुष दुबै टोलीले प्रतिस्पर्धा गर्ने जनाएको हो ।
बंगलादेशको राजधानी ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला पुरुष तथा महिला प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ ।
नेपाल भलिबल संघले कोभिड–१९ महामारीका कारण २०२० देखी एसियन सेन्ट्रल जोनको क्यालेन्डरमा असर गरेको भए पनि यस प्रतियोगिता आयोजना गर्न लागेकोमा बंगलादेश भलिबल संघलाई धन्यवाद दिएको छ ।


