माल्दिभ्सबाट कोभिड–१९ विरुद्धको एष्ट्राजेनेका खोप आज नेपाल आइपुग्ने

Spread the love

काठमाडौं, कात्तिक १४ (ई-रैवार)

माल्दिभ्स सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको एष्ट्राजेनेका खोप सहयोग गरेको छ । माल्दिभ्स सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख एक हजार ६०० डोज खोप सहयोग गरेको हो ।

माल्दिभ्सले नेपाललाई सहयोग गरेको एष्ट्राजेनेका खोप आज नेपाल ल्याइने भएको हो । खोप आज बेलुका ८ बजे कतार एयरलाइन्सको नियमित उडानमार्फत नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ ।

सरकारले यसअघि भारतबाट खरिद गरी ल्याइएको १० लाख डोज एष्ट्राजेनेका खोप दोस्रो डोज दिन बाँकी नौ लाख नागरिकलाई दिने योजना बनाएको छ ।