काठमाडौँ, कात्तिक ५ (ई-रैवार)
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई १५ दिनको अल्टिमेटम दिएको छ । नेपाल बार एशोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई १५ दिनको अल्टिमेटम दिएको हो ।
शुक्रबार एशोसियसनका महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरालाई सो अल्टिमेटम दिएका हुन् ।



