सुदूरपश्चिम प्रदेश सरकारले तत्काल बाढी प्रभावित जिल्लामा २५ लाख उपलब्ध गराउने

Spread the love

धनगढी, कार्तिक २ (ई-रैवार)

सुदूरपश्चिम प्रदेश सरकारले तत्काल बाढी प्रभावित जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विपद् व्यवस्थापन राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले तत्कालको लागि बाढी प्रभावित सुदूरपश्चिमका सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय भएको छ । प्रदेशको सबै जनशक्ति विपद् व्यवस्थापन, उद्धार र राहतमा लाग्न समेत सर्कुलर गरिने उनले बताइन् ।

अविरल वर्षाका कारण प्रदेशमा विभिन्न ठाउँमा क्षति पुगेकाकाले आकस्मिक बैठक बसेको थियो। मन्त्रिपरिषद्को आकस्मिक बैठकमा वर्षाले पुगाएको क्षति, राहत र उद्धारको विषयमा छलफल भएको बताइएको छ।