राष्ट्रिय सभाको बैठक आज बस्दै, प्रतिनिधि सभाबाट पारित बजेट विधेयक पेस गरिने

Spread the love

काठमाडौँ, असोज ५ (ई-रैवार)

राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको हो ।

राष्ट्रिय सभाको बैठकमा सरकारले सोमबार प्रतिनिधि सभाबाट पारित गरेको बजेटका तीनवटै विधेयक पेस गर्ने सम्भावित कार्यसुची छ । अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अंग हुनेगरी प्रतिनिधि सभाले सोमबार पारित गरेको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत गर्ने छन् । त्यसपछि विधेयकबारे सैद्धान्तिक छलफल हुनेछ ।