सरकारले कोरोनाको निःशुल्क उपचार हुने अस्पताल तोक्यो, सुदूरपश्चिममा को को हुन ?

सरकारले कोरोनाको निःशुल्क उपचार हुने अस्पताल तोक्यो, सुदूरपश्चिममा को को हुन ?
Spread the love

काठमाडौं, जेठ ६ (ई-रैवार)

नेपालका थप ३० वटा निजी तथा सामुदायिक अस्पताल अस्पतालहरुमा कोरोनाको निःशुल्क उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारका लागि थप ३० वटा निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुको सूची सार्वजनिक गरेको हो ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका ७ वटा प्रदेशका अस्पतालहरुमा कोरोनाको निःशुल्क उपचार हुने बताएको छ । प्रदेश १ मा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, प्रदेश २ मा नेशनल मेडिकल कलेज विरगन्ज र जानकी मेडिकल कलेज जनकपुर रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा निसर्ग अस्पताल, कैलाली अस्पताल, मायामेट्रो अस्पताल, नवजीवन अस्पताल, अत्तरियामा रहेको पदमा अस्पताल र सुदूरपश्चिम सामुदायिक अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क हुने जनाएको छ ।