काठमाडौँ, भदौ १ (ई-रैवार)
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गरेर समाप्त पार्न खोजिएको बताएका छन् । सरकारले सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेसँगै विज्ञप्ति जारी गर्दै ओलीले सो आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीले सोमबार राति पाँच बुँदे विज्ञप्तिमार्फत् सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र आफ्नो पार्टीलाई विभाजित गर्ने षडयन्त्र गरिरहेको आरोप लगाउर्दै कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने ‘गम्भीर षड्यन्त्र’ भइरहेको बताएका छन् ।
“पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा ९एमाले० लाई विभाजित गर्ने पडयन्त्र गरिँदैछ,” ओलीले भनेका छन्, “नेकपा ९एमाले० र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा पडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन ।”
ओलीले पार्टी विभाजनको प्रयास असफल पार्न पार्टीका नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरुलाई अपिलसमेत गरेका छन् ।
वक्तव्य




