देशभर ३ सय ६५ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

देशभर ३ सय ६५ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत
Spread the love

काठमाडौं, कार्तिक १५ (ई-रैवार) 

देशभर ३ सय ६५ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन् । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ६५ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ६९ जना भेन्टिलेटरमा र २ सय ९६ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८४ जना आइसियु र ५२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ३१ जना आइसियु र ९ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १२ आइसियु उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जनाएका छन् ।

त्यस्तै मन्त्रालयको तथ्यांक अनुसार सुदूरपश्चिममा ५ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आइसियु र ३ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत रहेका छन्।