काठमाडौँ, साउन १४ (ई-रैवार)
नेपालमा आज थप ३,३६५ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जनागरी ३३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५९७ जना, ललितपुरमा १५५ जना र भक्तपुरमा १०८ जना, ५९७, झापामा २७२, कास्कीमा २४८, सुनसरीमा १७०, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जना, चितवनमा ९६, मोरङमा ७२, मकवानपुरमा ६६, नवलपरासी पुर्वमा ५६, नुवाकोट र तनहुँमा ४५र४५ र रुपन्देहीमा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९० हजार ६४२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ५९ हजार ३८० जना पुगेको छ । पछिल्लो २४ घण्टामा १३७३ जना संक्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० जना रहेका छन् । जसमध्ये २७ हजार ३५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३६ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९ हजार ८०७ पुगेको छ ।


