धनगढी, साउन १४ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप २८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहिबार १२१ नमूनाको परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार ९३ जनाको रिपोर्ट निगेटिभ आएको छ । थपिएका मध्ये १५ जना धनगढीका, ८ जना कैलालीका र ५ जनाका अन्य जिल्लाका रहेको छन् । पछिल्लो २४ घण्टामा अस्पतालबाट ५ जना डिस्चार्ज भएका छन् । भने,६ जना अस्पतालमा भर्ना भएका छन् ।
हाल प्रादेशिक अस्पतालमा २१ जना संक्रमित उपचाररत छन्। जसमध्ये ४ जना आईसीयू, ११ जना अक्सिजनको सर्पोटरमा उपचाररत छन भने ६ जनाको अवस्था भने सामान्य रहेको सूचना अधिकारी श्रेष्ठले बताए।


