नेपालमा आज २,८३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

Spread the love

काठमाडौं, साउन ६ (ई–रैवार)

नेपालमा आज थप २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जनागरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ । पछिल्लो २४ घण्टामा १,४७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ३६ हजार ४०२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर ३४ लाख ९५ हजार ६९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३०१ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २६ हजार ८३२ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेकोे छ ।