बझाङमा श्रीमतीको चक्कुले कान काट्ने श्रीमान पक्राउ

Spread the love

बझाङ, साउन ४ (ई–रैवार)

श्रीमतीको कान काट्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। मदिरा सेवनगरी आफ्नै श्रीमतीलाई परपुरुषसँग किन हाँसेको भन्दै चक्कुले कान काटेका २६ वर्षिया मनोज नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

बझाङका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले दिएको जानकारी अनुसार जयपृथ्वी नगरपालिका वडा नं-१ भण्डारका २६ वर्षिया मनोज नेपालीलाई आईतवार जयपृथवी नगरपालिका वडा नं-७ को कचाली खोला नजिकैवाट पक्राउ गरेको हो । नेपालीले गत असार ३० गते आफ्नै श्रीमतीलाई मदिरा सेवनगरी परपुरुषसँग किन हाँसेको भन्दै चक्कुले कान काटेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

नेपालीले श्रीमती जानकी नेपालीको कान चक्कुले काटेपछी हातमा राखेर अस्पतालमा गएर जोडी माग्नु भन्दै आफु फरार भएका थिए । फरार नेपालीलाई खोज तलासका लागी खटिएको प्रहरीले कचाली खोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले पक्राउ परेका नेपालीलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्तागरी अनुसन्धान अगाडी बढाइएको बताए ।

२६ वर्षिया मनोज नेपालीसँंग ६ वर्ष पहिले मागी विबाह गरेकी जानकी नेपालीले बारम्बार घरेलु हिंसा भोग्दै आएकी थिईन। गत असार ३० गते राती पनि मदिराको मातले लट्ठ भएका मनोजले एकजना आफन्तसँग दिउँसो किन हाँसेको रु भनेर उनलाई जे हातमा पर्यो त्यही सामानले कुटेको र आफु बेहोस भएर ढलेपछी चक्कुले कान काटेको जानकीले बताइन् ।