काठमाडौँ, साउन ३ (ई–रैवार)
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा प्रतिनिधिसभामा फ्लोर क्रस भएको छ । एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गरेका हुन् ।
यस्तै केपी ओली पक्षका प्रेम आले पनि देउवालाई विश्वासकोमत दिने लाइनमा देखिएका छन् । यसअघि उनी मन्त्री माग्दै बूढानीलकण्ठमा पुगेको खबर सार्वजनिक भएको थियो ।
एमाले ओली पक्षका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम ओलले देउवालाई बिस्वासको मत दिएको सांसद मेटमणी चौधरीले जानकारी दिए।
यस्तै माधब नेपाल पनि देउवालाई विश्वासको मत दिने लाइनमै छन् । नेपाल पक्षका सांसद मेटमणि चौधरीले २३ सांसदले विश्वासको मत दिन लागेको दावी गरे । यसअघि केही नेपाल पक्षीय सांसद भोट नहाल्ने भन्दै बाहिरिएका थिए ।


