काठमाडौं, असोज २५ (ई-रैवार)
यूएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई जितका लागि १ सय ५९ रनको लक्ष्य दिएको छ ।
दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनायो ।
हैदरावादका लागि मनिस माण्डेले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले २ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका हुन् । हैदरावादका लागि डेभिड वार्नरले ४८ रन बनाउँदा केन विलियमसनले २२ रनको योगदान गरे ।
बलिङतर्फ राजस्थानका लागि जोफ्रा आर्चर, जयदेव उन्डकट र कार्तिक त्यागीले समान एक–एक विकेट लिए ।
आइतबारको खेलमा दुबै टोली जित निकाल्ने योजनामा छन् । आइतबारको खेलमा फराकिलो जित निकाल्दै हैदरावाट तलिकाको शीर्ष तीनमा उक्लिने योजनामा छ ।
उता लिगमा बलियो टोली मानिएको राजस्थान पनि आजको खेलमा जित निकाल्ने योजनामा छ । आजको खेलमा जित निकाल्न सकेमा राजस्थानले अघिल्लो चरण प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा छ ।


