काठमाडौं, कार्तिक ४ (ई-रैवार)
कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा हालमम्म कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो । भने आइतबार १२ जनाको मृत्यु भएको थियो ।


