काठमाडौँ, असार २० (ई–रैवार)
नेपालमा आज थप १६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जनागरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४४ हजार ६२२ पुगेको छ । पछिल्लो २४ घण्टामा २५५२ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख ९ हजार २१८ पुगेको छ ।
हाल देशभरका ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ ।


