काठमाडौं, असार २७ (ई–रैवार)
नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउनका निम्ति ‘सिंहदरबार मार्च’का क्रममा प्रहरीले १५ जना नागरिक अभियन्ताहरुलाई पक्राउ गरेको हो ।
बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला लेखक खगेन्द्र संग्रौला, नारायण वाग्ले, प्राध्यापक डाक्टर सञ्जीव उप्रेतीसहित नागरिक अभियन्ता विमल अर्याल, अर्चना थापा, प्रनेतालगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

नागरिक आन्दोलनको ‘सिंहदरबार मार्च’मा प्राध्यापक डाक्टर गोविन्द केसीसमेत उपस्थित भएका छन् । कार्यक्रम शुरु नहुँदै अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यक्रम प्रभावित भएको छ ।
सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक अभियन्ताहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।


