धनगढी, जेठ २५ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा आज थप २९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका ६ वटा प्रयोगशालामा ६२२ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ८ सय ९९ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३९७ जनाको नमूना परीक्षण गर्दा १५४ जना, महाकाली अस्पतालमा २९ जनाको नमुना परीक्षण गर्दा ११ जना, डडेल्धुरा अस्पतालमा ७८ जनाको नमूना परीक्षण गर्दा १० जना, डोटी अस्पतालमा ४७ जनाको नमूना परीक्षण गर्दा २० जना, बैतडी अस्पतालमा ८१ जनाको नमूना परीक्षण गर्दा १४ जना र अछामको कमलबजार प्रोगशालामा ३० जनाको परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ४३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ३९ हजार ९३२ नमूना परीक्षण गर्दा ४१ हजार ८६९ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म प्रदेशभर संक्रमण पुष्टि भएका ३१ हजार ६२३ जनाले कोरोना जितेका छन् ।
सुदूरपश्चिम प्रदेशमा मंगलबार मृत्यु हुनेको संख्या शुन्यमा झरेको छ। हालसम्म सुदूरपश्चिम प्रदेशमा ५४२ जनाको मृत्यु भएको छ।


