नेपालमा आज २०१६ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

Spread the love

काठमाडौँ, असार १२ (ई-रैवार)

नेपालमा आज थप २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनागरी २०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । तीमध्ये ३९ हजार १९९ जना होम आइसोलेसनमा र २ हजार ८२५ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये ७३४ जना आईसीयूमा र २२२ जना भेन्टिलेटरमा छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हाल सम्म ८ हजार ९७५ जनाको मृत्यु भएको छ ।