काठमाडौँ, असार ३ (ई-रैवार)
नेपालमा आज थप २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८ र ४७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १२ हजार ४८४ स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ६०७ जनाको नतिजा पोजिटिभ आएको हो । सात हजार ७११ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ७६८ र चार हजार ७७३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८३९ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१३, बागलुङमा २४२, ललितपुरमा १२१, मोरङमा ११८, सुनसरीमा ९३ र कास्कीमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै नुवाकोटमा ४७, झापा र चितवन ४४ जना, पाँचथरमा ४२, सिन्धुपाल्चोकमा ३८, भक्तपुरमा ३६, धादिङमा २९, मकवानपुरमा २७, सिरहामा २२, कपिलवस्तु र रुपन्देहीमा २०/२० जना कोरोना संक्रमित थपिएको छ ।
काभ्रेपलाञ्चोकमा १९, गोरखामा १८, नवलपरासी पश्चिममा १६, अछाममा १४, तेह्रथुम, जुम्ला र रूकुम पश्चिममा १३/१३ जना, धनुषा, रौतहट र स्याङजामा १२/१२ जना, उदयपुरमा ११, सिन्धुलीमा १० जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै नवलपरासी पूर्व र कैलालीमा ९/९ जना, सर्लाही र लमजुङमा ८, पर्वतमा ७, तनहुँमा ६, खोटाङ र रसुवामा ५/५ जना, धनकुटा र भोजपुरमा ४/४ जना,
सोलुखुम्बु, बारा, रामेछाप र रोल्पामा ३/३ जना, संखुवासभा, दोलखा, सुर्खेत,डडेलधुरा र बैतडीमा २/२ जना तथा इलाम, पर्सा, गुल्मी,बाँके, कालिकोट र दैलेखमा १/१ जनामा कोरोना संक्रण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्षमुनिका ५८ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ (पीसीआर) र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ । पछिल्लो २४ घण्टामा २१४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ ।निको हुने दर ८८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६१ हजार ७२५ रहेको मन्त्रालयले बिहीबार जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ ।


