सरकारले कर तिर्ने समयसीमा असार २५ सम्म तोक्यो, नतिरे के हुन्छ ?

Spread the love

काठमाण्डौँ, असार ३ (ई-रैवार)  

सरकारले कर तिर्नको लागि समयसीमा तोकेको छ । आन्तरिक राजस्व विभागले जारी गरेको सूचना अनुसार असार २५ गतेसम्म कर तिर्ने समयसीमा तोकिएको हो ।

२०७७ चैत र ०७८ को वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर वितरण र कर दाखिला यही असार २५ सम्म गरिसक्नुपर्ने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।