धनगढी, जेठ ११ (ई-रैवार)
धनगढीमा वडास्थरमै पुगेर कोरना परीक्षण र औषधी समेत वितरण गर्न सुरु गरेको छ । धनगढी उपमहानगरपालिकाका कोरोना पोजेटिभ देखिएकालाई घरमै परीक्षण र औषधी वितरण सुरु गरेको हो ।
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षण लक्ष्मीराज उपाध्यायले सोमबार देखि टाढाका वडामा नै पुगेर लक्षण देखिएकाहरुको एन्टिजेन मार्फत कोरोना परीक्षण गर्न थालिएको बताए ।
खास गरेर धनगढी उपमहानगरपालिकाले सचालन गरेको स्वाव परीक्षण केन्द्र सम्म पुग्न समस्या भएका वडामा टोलमै पुगेर कोरोना परीक्षण सुरु गरेका हौ, स्वास्थ्य निरीक्षण उपाध्यायले भने, त्यही औषधी र स्वास्थ्य सम्वन्धी जनचेतना समेत दिने गरेको छौ ।
गत बर्ष पनि धनगढी उपमहानगरपालिकाले टोलमै पुगेर कोरोना परीक्षण गरेको थियो स्वास्थ्य निरीक्षण उपाध्यायले भने, अहिले टाढाका वडामा मात्रै त्यही पुगेर कोरोना परीक्षण गर्ने काम थालेका छौं । जस अन्तरगत सोमबार वडा न १७ मा एन्टीजेन मार्फत कोरोना परीक्षण गरेको उपाध्यायले बताए ।
धनगढी उपमहानगरपालिका वडा न. १७ मा ज्वरो आएर घरमै बसेका २३ जनालाई परीक्षण गर्दा ३ जनालाई कोरोना पोजेटिभ देखिएको छ स्वास्थ्य निरीक्षण उपाध्यायले भने , कोरोना र अन्य ज्वरो आएका बिरामीलाई घरमै औषधीका साथै स्वास्थ्य शिक्षा समेत दिईएका छौ । वडा न. १९ मा पनि कोरोना परीक्षणको तयारी भैरहेको बताईएको छ ।
धनगढी उपमहानगरपालिकाले आफ्नै स्वाव सकलन केन्द्र स्थापना गरेर गत बर्ष देखि नै कोरोनाको स्वाव सकलन गर्दै आईरहेको छ ।


