काठमाडौं, भदौ १७ (ई-रैवार)
वीर अस्पतालका ११ चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि, ओपिडी सेवा २ दिन सम्म बन्द रहने भएको छ । वीर अस्पतालको प्रशासनले एक सुचना जारी गर्दै ओपडी, आइसियु वार्ड र विभिन्न शाखाको सरससफाई, स्यानिटाजेसन तथा कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपरेकोले सेवा बन्द हुने जनाएको हो ।
ओपिडी सेवा दुई दिनसम्म बन्द हुने भएको छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फैलिएपछि अस्पतालले दुई दिनसम्म सेवा बन्द गर्ने निर्णय गरेको निर्देशक डा. केदार सेञ्चुरीले बताएका छन ।
अस्पतालमा ११ जना चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भइसकेको छ। अस्पताल प्रशासनका अनुसार ७१ जना स्वास्थ्यकर्मी होम क्वारेन्टाइनमा रहेका छन्।
अस्पतालमा कार्यरत रहेका स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव भइरहेको निर्देशक डा. सेञ्चुरीले बताए । ‘स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गएपछि स्यानिटाइजेसन तथा कन्ट्रायक ट्रेसिङ गर्नको लागि ओपिडी सेवा बन्द गर्न लागेका हौुं, उनले भने, ‘तर, इमर्जेन्सी सेवा, इन्डोर सेवा भने सुचारु नै रहने छन्।’
निर्देशक डा. सेञ्चुरीका अनसाुर कोरोना संक्रमणकै कारण जनशक्ति अभाव हुँदा अस्पतालका ४ वटा वार्ड सञ्चालनमा आएका छैइनन्। ल्याबका कर्मचारीमा संक्रमण पुष्टि भएसँगै ल्याब सेवा बन्द रहेको छ। त्यसैगरी, कार्डियोलोजी विभाग, न्युरो र क्यान्सर वार्ड पनि बन्द अवस्थामा रहेका छन्।


