काठमाडौं, जेठ ८ (ई-रैवार)
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) को स्थायी कमिटी बैठक बोलाएका छन्। पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बैठक बोलाएका हुन ।
बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्। चुनावको मिति घोषणा र पार्टीको आन्तरिक जीवनका विषयमा समेत छलफल हुने तामाङले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा गए राति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते चुनावको मिति तोकिसकेका छन्। यो निर्णयको एमालेकै माधव नेपाल पक्षसहित विपक्षी गठबन्धनका दलहरुले विरोध गर्दै आएका छन् ।


