काठमाडौं, जेठ ८ (ई-रैवार)
सभामुख अग्निप्रसाद सापकोटाले सघन छलफल सुरु गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे सभामुख सापकोटाले सघन छलफल सुरु गरेका हुन ।
सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार प्रतिनिधिसभा विघटनको विषयमा सभामुख सापकोटाले विभिन्न संविधानविद् र राजनीतिक नेतृत्वसँग छलफलमा रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेको विषयमा प्रतिनिधिसभाका सभामुख सापकोटा छलफलमा जुटेका हुन् ।
शनिबार बिहानैदेखि सभामुख राजनीतिक दलका नेतृत्वसँग र संविधान तथा कानुनका जानकारहरूसँग छलफलमा रहेको सभामुखका प्रेस सल्लाहकार न्यौपानेले जानकारी दिए । ‘हिजोको घटनापछि सभामुखज्यू सघन परामर्शमा हुनुहुन्छ । सम्भवतः आजै उहाँले आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ,’ उनले भने ।
अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएराति राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी थिइन् । जसको चौतर्फी आलोचना भइरहेको छ ।


