काठमाडौं, जेठ ७ (ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन्। सामान्यता मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने भए पनि आज भने प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए । बैठकका लागि मन्त्रीहरू बालुवाटारमा पुगिसकेका छन्। यस बैठकलाई अर्थपूर्णरूपमा हेरिएको छ।
प्रधानमन्त्री निवास वालुवाटार स्रोतका अनुसार बैठक नियमित नभइ विकसित राजनीतिक घट्नाक्रमबारे समिक्षा गर्न र स्वास्थ्य सकंटकालबारे छलफल हुने जनाइएको छ ।
यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठन लागि आह्वान गरेसँगै पदका लागि गठबन्धनतर्फबाट शेरबहादुर देउवा र नेकपा एमालेबाट केपीशर्मा ओली दाबी प्रस्तुत गरेका थिए।
गठबन्धनतर्फबाट देउवाले सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दाबीसहित विपक्षी दलहरू १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेका थिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन् ।


