आजको मौसम : ताउ–तेको प्रभावले आज भारी वर्षाको सम्भावना

आजको मौसम : ताउ–तेको प्रभावले आज भारी वर्षाको सम्भावना
A pedestrian walks with an umbrella as lightning strikes during an evening thunderstorm in Jammu on May 14, 2015. AFP PHOTO / RAKESH BAKSHI (Photo credit should read rakesh bakshi/AFP/Getty Images)
Spread the love

काठमाडौं, जेठ ७ (ई-रैवार) 

आज भारी वर्षाको सम्भावना रहेको छ । नेपालको मौसमी प्रणालीमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले भारी वर्षाको हुने सम्भावना रहेको हो ।

भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ–ते थप कमजोर भई न्युनचापीय क्षेत्रका रुपमा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश नम्बर १ का केही स्थान र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ का थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश २ र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली र अन्य भू–भागमा सामान्यतः सफा रहनेछ । प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आजसम्म ताउ–तेको प्रभावले वर्षाको सम्भावना रहे पनि भोलिबाट क्रमशः मौसम खुल्दै जाने मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।