काठमाडौं, जेठ ६ (ई-रैवार)
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले जेठ ७ गते बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी हुन् ।
प्रधानमन्त्री ओलीले बिहीबारको मन्त्रिपरिषद् बैठकमा विश्वासको मत प्राप्त गर्न नसक्ने बताएका थिए । सरकारले बिहीबार नै विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था देखाउँदै ७६(५) अनुसार सरकार गठनका लागि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।



