अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गयो

अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गयो
Spread the love

अछाम,मंसिर १६ (ई-रैवार)

अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गएको छ । अछाम जिल्ला अस्पतालमा तुaर्माखाँद गाउपालीका वडा नम्बर ४ का ३८ बर्षिया नामसरा कामीको गएराती ज्यान गएको हो ।

जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजले सोमबार मध्यान्ह १२ बजे नै सुत्केरी बेथा लागेर रक्तश्राव हुन थालेपछी स्थानिय स्वास्थ्य संस्थामा सुत्केरी हुन सम्भव नभएपछी बेलुका ४ बजे मात्रै जिल्ला अस्पतालमा जानकारी आएपछी करिब साढे ४ घण्टापछी मात्रै जिल्ला अस्पतालमा पुरयाईएको बताए ।

छैठौं पटक आमा बन्न गईरहकोमा उनको अस्पताल पुरयाईसके पछीपनि  रक्तश्राव नरोकीएपछी मृत्यु भएको डाक्टर भारद्धाजले बताए ।