एमालेको आकस्मिक स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

एमालेको आकस्मिक स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै
Spread the love

काठमाडौं, जेठ ६ (ई-रैवार)

नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बिहीबार दिउँसो २ बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा राष्ट्रियसभा उपनिर्वाचन र आगामी बजेटका विषयमा छलफल हुने कार्यालय सचिव तामाङले बताए ।

बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा पनि छलफल हुने बताइएको छ । एमालेले विवाद निरूपणका लागि कार्यदल बनाएर काम सुरु गरिएको छ ।