काठमाडौँ, जेठ ४ (ई-रैवार)
नेकपा एमाले कार्यदलको बैठक आज बस्ने भएको छ । एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न कार्यदलको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्न लागेको हो ।
एमालेको विवाद समाधानका लागि बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने कार्यदलका सदस्य रघुजी पन्तले बताए ।
एमालेले विवाद समाधनका लागि १० सदस्सीय कार्यदल बनाएको थियो । अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक सुवास नेम्वाङ रहेका छन् । भने वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् ।
कार्यदल सदस्यमा विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, रघुजी पन्त र विष्णु रिमाल सदस्य छन् । ३१ वैशाखमा ओली र नेपाल समूह बीच एमालेलाई एकताबद्ध बनाएर लैजाने सहमति जुटेको छ । त्यसका लागि २ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्व अनुसार जाने सहमति पनि जुटेको छ ।
तर, दुवै तर्फको समानान्तर कमिटी निर्माण भएको र माओवादी छोडेर एमाले प्रवेश गरेका नेताहरुको समेत व्यवस्थापन गर्नुपर्ने भएकाले सहमतिको मापदण्ड तय गर्न कार्यदल गठन गरेको थियो ।


