काठमाडौँ, जेठ २ (ई-रैवार)
नेपालमा आज थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ५३९ मध्ये पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जनाको परिक्षण गर्दा जम्मा ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा धेरै काठमाडौंमा १ हजार ८८१, कैलालीमा ५२७, ललितपुरमा ४३६, रूपन्देहीमा ४०३, मोरङमा ३५२, दाङमा ३१९ र भक्तपुरमा २९२ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै काभ्रेपलाञ्चोकमा २५५, चितवनमा २५१, सुर्खेतमा २१५, झापामा २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कास्कीमा १७०, बाँकेमा १६०, सप्तरीमा १५३, धनुषामा १४२, महोत्तरीमा १११, सल्यानमा ९३, सुनसरीमा ९१, सिन्धुपाल्चोकमा ८५ र पाल्पामा ७७ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै सिन्धुलीमा ६३, पर्सामा ५७, नुवाकोट र नवलपरासी पश्चिममा ५५/५५ जना, गुल्मीमा ५४, सिरहा र रसुवामा ५३/५३ जना, बैतडीमा ५२, धादिङमा ५१, बर्दियामा ४३, रौतहटमा ४२, अर्घाखाँचीमा ४०, जाजरकोटमा ३८ तथा ओखलढुंगा र कञ्चनपुरमा ३३/३३ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तैं ताप्लेजुङमा २६, बारा र रूकुम पश्चिममा २४/२४ जना,गोरखामा २३, कपिलवस्तु र दैलेखमा २१/२१ जना, मकवानपुरमा १७, दार्चुलामा १६,सर्लाहीमा १४, इलाममा १२, रामेछापमा ११, उदयपुरमा ९, स्याङजामा ८ तथा दोलखा, रोल्पा र कालिकोटमा ७/७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पर्वत र जुम्लामा ६/६ जना, लमजुङमा ५, धनकुटा र डोल्पामा ४/४ जना, खोटाङ, संखुवासभा, बागलुङ, मुगु र बाजुरामा ३/३ जना, तेह्रथुम, सोलुखुम्बु, म्याग्दी, रूकुम पुर्व, हुम्ला र डोटीमा २/२ जना तथा पाँचथर, मुस्ताङ, प्युठान, अछाम र डडेलधुरामा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै ९ वर्ष मुनिका १६२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनि उमेर समूहका ४९६ जनामा कोरोना संक्रण देखिएको छ ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् । २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या पाँच हजार एक पुगेको छ ।


