काठमाडौँ, वैशाख ३० (ई-रैवार)
काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बूढानीलकण्ठमा भेटवार्ता सुरु भएको छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै सकिने भएकाले यसबारे छलफल गर्न प्रचण्ड देउवा निवासमा पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालवीच बूढानीलकण्ठकै चपली हाइटमा वार्ता चलिरहँदा माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।
व्यवसायी रामेश्वर थापाको चपलीस्थित घरमा प्रधानमन्त्री ओली र नेपालवीच व्यवसायीको घरमा भेटवार्ता सुरु भेटवार्ता जारी रहेको छ।
बिहीबार बिहान काँग्रेस सभापति देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग भेटवार्ता गरेका थिए ।
राष्ट्रपतिले दिएको समय सकिन लागेका बेला सरकार गठनको गृहकार्यमा दलहरुको दौडधुप तीव्र छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्ममा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेकी छन् । सो समयभित्र बहुमत जुटाएर राष्ट्रपति समक्ष निवेदन दिन काँग्रेसले तयारी थालेको छ ।


