विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै तीन दलले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अहिले नै आफूहरुको पक्षमा १२६ सांसद रहेको र गठबन्धनको सम्भावना कायमै रहेको बताए ।
प्रधानमन्त्री ओलीका पक्षमा ९३ मत आएको थियो। उनको विपक्षमा भने १२४ मत आएको छ भने तटस्थमा १५ मत आएको थियो। ओलीलाई माधव नेपाल पक्षका २८ जना सांसदले भोट दिएनन्। यस्तै जसपाको महन्थ ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए।



