एसईई र कक्षा १२ को परीक्षा स्थगित

एसईई र कक्षा १२ को परीक्षा स्थगित
Spread the love

काठमाडौँ, वैशाख २७ (ई-रैवार)

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले दिएको जानकारीअनुसार अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको छ।

एसईई जेठ १३ गतेदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको थियो भने कक्षा १२ को परीक्षा जेठ २६ बाट गर्ने तालिका थियो। आज बिहान बसेको बोर्डको बैठकले कोरोना संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहेकोले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष निकालेको हो।

अध्यक्ष पौडेलका अनुसार गत वर्षजस्तो आन्तरिक मूल्यांकनबाट एसईईको परीक्षा गर्ने तयारी भने छैन। ‘कोरोना कम भएपछि परीक्षा नै गर्ने हो गत वर्षको जस्तो आन्तरिक मूल्यांकनबाट यसपटक परीक्षा हुँदैन,’ उनले भने- यसपटक एसईई दिने विद्यार्थी पाँच लाखभन्दा बढी छन्।