धनगढी, वैशाख २५ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा अक्सिजन नपाएर ८५ जनाले ज्यान गुमाएका छन् । अक्सिजनको चरम अभाव भएपछि सुदूरपश्चिम प्रदेशमा एक हप्ताको अबधीमा ८५ जनाले ज्यान गुमाएका हुन ।
सुदूरपश्चिम प्रदेशका अस्पतालमा ज्यान गुमाउने अधिकास कोरोना संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाईरहेको चिकित्सकहरुले बताएका छन । अक्सिजनको चरम अभाव भएपछि कोरोना संक्रमितको ज्यान जोखिममा परेको हो ।
अस्पतालहरूमा अक्सिजन र शैया नपाएर बिरामीहरू अकालमै ज्यान गुमाउनु परेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका एक अधिकारीले बताए । सुदूरपश्चिम प्रदेशमा एक हप्ताको अबधीमा ८५ जनाको कोरोना सक्रमणका कारण मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार शनिबार १०, आईतबार १२, सोमबार १४, मंगलबार ८, बुधबार ११, बिहीबार १७ र शुक्रबार १३ जनाको कोरोना सक्रमणका कारण मृत्यु भएको छ ।
सुदूरपश्चिमका कुनै पनि अस्पतालमा पर्याप्त अक्सिजन नहुदा बिरामीका आफन्तहरू अक्सिजनको खोजीमा भौँतारिरहेका छन । भर्ना भएका संक्रमित र शंकास्पद बिरामीलाई अक्सिजन उपलब्ध गराउन नसक्ने अवस्था आएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले बताए ।
अक्सिजनको आपूर्ति तत्काल हुन नसके स्थिति भयावह हुने उनको भनाइ छ । धनगढीका कुनै पनि अस्पतालमा पर्याप्त अक्सिजन नहुदा अधिकांश अस्पतालमा रहेका कोरोना संक्रमित अक्सिजन अभावमा छटपटाइरहेका छन ।


