सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण
Spread the love

धनगढी, वैशाख २४ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी आइपुगेका यादवले शुक्रबार दिउँसो पदभार ग्रहण गरेको जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले शुक्रबार दिउँसो प्रदेश प्रमुख यादवले कार्यालयमा पुगेर पदभार ग्रहण गरेको जानकारी दिए ।

पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव ओमबहादुर खड्का लगायतका कर्मचारी सहभागी थिए । खड्काले मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेका कारण प्रदेश सरकारका पदाधिकारी पदभार कार्यक्रममा सहभागी हुन नसकेको बताए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २० गते तत्कालिन प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।