बाजुरामा बाढीबाट साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरामा बाढीबाट साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
Spread the love

बाजुरा, वैशाख २४ (ई-रैवार)

केही दिनदेखि लगातार जिल्लाका विभिन्न क्षेत्रमा परेकोे अविरल वर्षासंँगैको असिनापानीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। बूढीगंगा नगरपालिका २ स्थित ताप्रीसेरा घट्टे खोलामा आएको बाढीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको हो।

निरन्तरको वर्षात्बाट  विभिन्न स्थानमा ठूलो मात्रामा क्षति पुगेको छ। अपराह्न अपराह्न बूढीगंगा नगरपालिकाको घट्टे खोलामा आएको बाढीले सडक भत्काएपछि साँफे–मार्तडी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

उक्त बाढीले स्थानीयवासीको २५ रोपनीमा लगाइएको गहुँबाली समेतलाई बगरमा परिणत गरिदिएको छ। एकातिर कोरोना भाइरसले गर्दा संकट उत्पन्न भएको छ भने त्यसैमा पनि बाढीले पाक्नै लागेको गहुँसहित जमीन बगरमा परिणत गरपछि भोकमरीको चिन्ताले पिरलो पारेको स्थानीयवासी वसन्त थापाले दुखेसो व्यक्त गरे। रासस

फाईल तस्बिर-