कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगे नेता नेपाल

कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगे नेता नेपाल
Spread the love

काठमाडौं, वैशाख २३ (ई-रैवार)

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न बूढानीलकण्ठ पुगेका छन् । नेपाली कांग्रेसका सभापति देउवासँग भेटवार्ता गर्न नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् ।

बिहीबार साँझ एमालेका वरिष्ठ नेता नेता नेपाल कांग्रेस सभापति देउवालाई भेट्न उनकै निवास पुगेको बूढानीलकण्ठ स्रोतले बतायो । उनीहरुबीच साँझ ५:४५ बजेदेखि छलफल चलिरहेको छ ।

नेपाल पुगेको केहीबेरपछि उनी पक्षीय अर्का नेता भीम रावल पनि देउवा निवास पुगेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् । आफू निकट नेताहरुसहित ओली पनि बूढानिलकण्ठ पुगेका थिए ।

अहिले सभापति देउवा र नेता नेपालबीच प्रधानमन्त्रीले विश्वासको मत लिने निष्कर्षमा पुगेपछिको परिस्थिति र उनको पक्षमा कसरी विश्वासको मत पुग्न नदिने भन्ने विषयमै छलफल केन्द्रित रहेको बताइएको छ ।