काठमाडौं, वैशाख २२ (ई-रैवार)
नेपालमा आज थप ८ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८ हजार ६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकामात्र ३ हजार ८२५ जना संक्रमित थपिएका छन् । यसमध्ये भक्तपुरमा ४५८, ललितपुरमा ५१८ र काठमाडौँमा २ हजार ८४९ जना संक्रमिण थपिएका हुन् ।
प्रदेश १ मा झापामा २६९ र मोरङमा २०६ जना संक्रमित थपिएका छन् भने प्रदेश २ मा पर्सामा १५२ र धनुषामा १४९ जना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा कास्कीमा २८४, लुम्बिनी प्रदेशमा बाँकेमा ५९१ र रुपन्देहीमा ६८० जना संक्रमित थपिएका छन् । कर्णाली प्रदेशमा सुर्खेतमा सर्वाधिक १५४ जना संक्रमित भेटिएका छन् भने सुदूरपश्चिम प्रदेशमा कैलालीमा १४५ र कञ्चनपुरमा १४० जना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ । बुधबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । जसमध्ये ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ९९३ रहेको छ । हालसम्म देशभर २ लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार मुलुकभर पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।


