काठमाडौं, चैत्र १ (ई-रैवार)
सिराहाको लाहानमा रहेको मालपोत कार्यालय प्राङ्गणमा बम विस्फोट भएको छ । मालपोत कार्यालयको माथिल्लो तलाको हलमा आज दिउसो प्रेसरकुकर बम विस्फाट भएको हो ।
विस्फोटमा परी ७ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको उनले बताए ।

घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको नाममा छरिएका पर्चामा सरकारले मागहरु सम्बोधन नगरेका कारण वम विस्फोट गराएको उल्लेख छ । उनका अनुसार घटनामा संलग्न समूहको खोजी कार्य जारी छ ।


