एकैदिन ६२३ बालबालिकामा कोरोना संक्रमण : कुन जिल्लामा कति संक्रमित थपिए ?

एकैदिन ६२३ बालबालिकामा कोरोना संक्रमण : कुन जिल्लामा कति संक्रमित थपिए ?
Spread the love

काठमाडौं, वैशाख १९ (ई-रैवार)

नेपालमा एकै दिन ६२३ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ वर्षसम्मका बालबालिका १६६ र १० देखि १९ वर्ष सम्मका ४५७ जनागरी ६२३ बालबालिका कोरना संक्रमित भएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक १ हजार ८०९ जना छन् ।

त्यस्तै, २० देखि २९ सम्मका १ हजार ७६७ जना, ४० देखि ४९ वर्षका १ हजार २२० जना, ५० देखि ५९ का ९४३ जना, ६० देखि ६९ का ४८५ जना, ७० देखि ७९ का १८८ जना, ८० देखि ८९ का ६३ जना, ९० देखि १०० वर्ष उमेरका १३ जना र उमेर नखुलेका २६ जना रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । पछिल्लो २४ घण्टामा १६ सय १२ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८३ हजार ९ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ ।

हालसम्म पीसीआर परीक्षण २५ लाख ४४ हजार ७६ पुगेको छ । आइसोलेसनमा ४८ हजार ७ सय ११ र क्वारेन्टाइनमा ६७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँमा २ हजार ७०४ , ललितपुरमा ५५० , रुपन्देहीमा ४६६, बाँकेमा ४०६, भक्तपुर ३०१, मोरङमा २४९, कैलालीमा २३२, धनुषामा २२८ जना कोरोना संक्रमण थपिएका छन् ।

मन्त्रालयका अनुसार मकवानपुर १६९, दाङमा १३३, पर्सामा ११२, महोत्तरीमा १०७, नवलपरासी पश्‍चिममा ८०, चितवनमा ७७, सुनसरीमा ७४, कास्कीमा ६९, बर्दिया ५१, नुवाकोटमा ४६, बारामा ४४,कपिलवस्तुमा ४१, बैतडीमा ३८, अर्घाखाँची ३७, रौतहटमा ३६, सिन्धुपाल्चोक ३३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सिरहा र सिन्धुलीमा ३२/३२ जना, डडेलधुरामा २८, सर्लाहीमा २७, दैखेलमा २५, कञ्‍चनपुरमा २४, काभ्रेपलाञ्चोकमा २३, नवलपरासी पूर्व, डोटी १९, सप्तरीमा १७, गोरखामा १६, तनहुँमा १४, रामेछापमा १३, गुल्मी, पाल्पमा ११, जुम्लामा १०, इलाम, दोलखा, लम्जुङ र अछाममा ८/८ जना, पर्वत, म्याग्दी, कालिकोटमा ७/७ जना, बागलुङ र स्याङ्जामा ६/६ जना, उदयपुर, रूकुम पूर्व, रोल्पा र सल्यानमा ५/५ जना, ओखलढुंगा र रसुवामा ४/४ जना थपिएका छन् ।

त्येसैगरी प्युठानमा ३, खोटाङ, ताप्लेजुङ, धनकुटा, भोजपुर र मुगुमा २/२ जना, तेह्रथुम, पाँचथर, संखुवासभा, सोलुखुम्बु, डोल्पा, रूकुम पश्‍चिम, दार्चुला र बझाङमा-१/१ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।