भारतमा कोरोना संक्रमितको संख्या साढे ४९ लाख नाघ्यो, एकैदिन ८१ हजारमा संक्रमण

भारतमा कोरोना संक्रमितको संख्या साढे ४९ लाख नाघ्यो, एकैदिन ८१ हजारमा संक्रमण
Spread the love

काठमाडौ, भदौ ३० (ई-रैवार) 

भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४९ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

वर्ल्डोमिटर्सका अनुसार मंगलबार बिहानसम्म भारतमा ८१ हजार ९ सय ११ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४९ लाख २६ हजार ९ सय १४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ५६ हजार २ सय १४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८९ हजार ८ सय ६० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८० हजार ८ सय ८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।