भारतको असममा शक्तिशाली भूकम्प, नेपालमा पनि गएराति परकम्प

भारतको असममा शक्तिशाली भूकम्प, नेपालमा पनि गएराति परकम्प
Spread the love

एजेन्सी, वैशाख १५ (ई-रैवार)

भारतको असममा ६.४ तीव्रताको भूकम्प गएको छ । स्थानीय समयअनुसार बुधबार बिहान ७ः५१ मा सोनितपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

असमका क्याबिनेट मन्त्री हिमन्ता विश्वाले गुवाहाटीमा भूकम्पबाट क्षति पुगेको केही तस्वीर ट्वीट गरेका छन् । भूकम्पबाट भएको नोक्सानको विवरण भने आइसकेको छैन ।

काठमाण्डौमा पनि गएराति परकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले कलंकी आसपास भएर राति १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको जनाएको छ।

परकम्पको धक्का कंलकीसहित आसपासका क्षेत्रमा महसुस गरिएको थियो। २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्प पछि अहिलेसम्म ५० हजार भन्दा बढी परकम्प गएको छ।

चार रेक्टर स्केल भन्दा माथिका ५ सय ५२ पटक परकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पविद् लोकविजय अधिकारीकाअनुसार गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प अझै १० वर्षसम्म आइरहने सम्भावना रहेको छ।