नेपालमा थप २ हजार ४२८ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

नेपालमा थप २ हजार ४२८ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु
Spread the love

काठमाडौं, वैशाख ९ (ई-रैवार)

नेपालमा आज थप २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ३६५ र एन्टीजेनबाट ६३ जना कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको छ।

पछिल्लो २४ घण्टामा २५२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ३४५ पुगेको मन्त्रालयले जनाएको छ। कोरोनाबाट निको हुनेको दर ९५.६ प्रतिशत छ। हाल ८१ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।