एमाले अध्यक्ष ओली र नेता नेपालबीच आज पनि भेटवार्ता हुँदै

एमाले अध्यक्ष ओली र नेता नेपालबीच आज पनि भेटवार्ता हुँदै
Spread the love

काठमाडौं, वैशाख ९ (ई-रैवार)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच आज पनि भेटवार्ता हुने भएको छ । अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज ९शुक्रबार० दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको हो ।

हिजो (बिहीबार) साँझ पनि उनीहरूबीच नक्सालस्थित होटल मेरियटमा एक्लाएक्लै दुई घण्टा बढी भेटवार्ता भएको थियो। हिजो साँझ लामो कुराकानी गरेर छुटेका अध्यक्ष ओली र नेपाल बीच फेरि अहिले भेटवार्ता हुन लागेको हो ।

भेटमा नेता नेपालले २०७५ जेठ २ मा फर्किएर पार्टी गतिविधि अगाडि बढाउनुपर्ने प्रस्ताव राखे पनि अध्यक्ष ओलीले त्यसलाई अस्वीकार गरे। हिजोको बैठकबाट कुनै निष्कर्ष निस्कन नसकेकाले आज फेरि भेटवार्ता हुन लागेको नेपाल समूहनिकट एक नेताले बताए।

केहीबेरअघि मात्र नेता नेपालले आफूनिकट सांसदहरूसँग छलफल गरेका थिए। सोही छलफलका क्रममा नेता नेपालले आज ओलीसँग भेट्न लागेको जानकारी दिएका थिए। ओली पक्षका एक केन्द्रीय सदस्यका अनुसार आज पनि उनीहरूबीच होटल मेरियटमै भेटवार्ता हुनेछ।