त्रिकोणात्मक टी–२० सिरिज : मलेसियाले नेपाललाई दियो ११० रनको लक्ष्य

त्रिकोणात्मक टी–२० सिरिज : मलेसियाले नेपाललाई दियो ११० रनको लक्ष्य
Spread the love

काठमाडौं, वैशाख ६ (ई-रैवार)

त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत अहिले मलेसिया र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत जारी खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनायो । टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको हो ।

मलेसियाका लागि ओपनर सायद अजिजले सर्वाधिक २९ रन बनाए । उनले २४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।

यस्तै शार्भिन निएन्डीले १५ बल खेल्दै १ छक्का मद्दतमा २० रन जोडे । शाफिक शारिफले १५ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका लागि करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । यस्तै सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले समान १ विकेट लिए । दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रियमा पहिलो विकेट लिएका हुन् ।

नेपाल र मलेसियाबीच हालसम्म चार टी–ट्वान्टी आई खेलहरु भएका छन् । जसमा नेपालले तीन टी–ट्वान्टी आईमा जित निकालेको छ । त्यसैले आजको खेलमा नेपाली खेलाडीको मनोबल उच्च हुनेछ ।