नयाँ दिल्ली, वैशाख ४ (ई-रैवार)
भारतमा जारी आईपीएलको १४ औँ सिजनअन्तर्गत तेस्रो खेलमा आइतबार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ ।
दुई टोलीबीचको खेल नेपाली समयअनुसार आइतबार राति पौने ८ बजेदेखि चेन्नइमा सुरू हुनेछ । कोलकाता इयान मार्गनको कप्तानीमा मैदानमा उत्रिने छ भने हैदरावादको कमान डेबीड वार्नरले सम्हाल्ने छन् ।
हालसम्म कोलकाता र हैदरावादबीच १९ खेलमा भेट भएको छ । जसमा कोलकाताले १२ र हैदरावादले सात खेलमा जित हासिल गरेको छ । गत सिजनमा दुवै खेलमा कोलकाता विजयी भएको थियो । दुबै टोली आइतबारको खेल आफ्नो पक्षमा पार्ने योजनाका साथ मैदानमा उत्रिने छन् ।


