माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ माधव नेपालबीच भेटवार्ता

माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ माधव नेपालबीच भेटवार्ता
Spread the love

काठमाडौं, वैशाख ४ (ई-रैवार)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता नेपालबीच शनिबार बिहान साढे ९ बजेतिर भेट भएको हो ।

नेता नेपाल झापाबाट सिधै कोटेश्वर आएका थिए। उनीहरूबीच कोटेश्वरको एक व्यापारीको घरमा भेट भएको बताइएको छ।

शुक्रबार कर्णाली प्रदेश सरकार जोगाउन एमाले नेता नेपालको पक्षका चार सांसदले फ्लोर क्रस गरेका थिए। सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले ुफ्लोर क्रसु गरेका थिए।

कर्णालीका मुख्यमन्त्रीको पक्षमा २२ मत परेको थियो। जसमा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका ४ जनाले मतदान गरेको थिए। कर्णाली प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपा भने तटस्थ बसेको थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेता नेपाल निकट सांसदहरुले फ्लोर क्रस गरेर विश्वासको मत दिएको भोलिपल्टै नेपाल र प्रचण्डबीच भेटवार्ता भएको छ ।